• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ २५, २०८२ Sun, Feb 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गण्डकीका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना क्षीण, नयाँ सरकार बन्ने ढोका खुल्दै

64x64
नेपाल लाइभ बिहीबार, जेठ २०, २०७८  १६:१२
1140x725

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउने सम्भावना क्षीण बनेको छ। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टीले कारबाही गरी सांसदबाट हटाएसँगै संसद्को अंकगणित गुरुङको पक्षमा नदेखिएको हो।

संसद्‌मा बहुमत पुर्‍याउने संख्या परिवर्तन हुँदा विपक्षमा मत बढी खस्ने देखिएको छ। गुरुङ संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री कायम छन्। वैशाख २९ मा उनले ठूलो दलको आधारमा मुख्यमन्त्रीमा पुनः शपथ लिएका हुन्। बहुमतको सरकार बनाउने आधार विपक्ष दलको नभएसँगै ठूलो दलका आधारमा उनी मुख्यमन्त्री बनेका थिए।

राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा विपक्षी गठबन्धनको पक्षमा नदेखिएपछि गुरुङलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो। वैशाख २९ मा ठूलो दलका आधारमा मुख्यमन्त्री बनेका गुरुङले जेठ २९ अघि विश्वासको मत लिनुपर्नेछ।

प्रदेश सभामा एमालेका २७ सांसद छन्। कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), जनता समाजवादीका दुई र जनमोर्चाका दुई (थापालाई कारबाही पछि) र स्वतन्त्र एक सांसद छन्।

६० प्रदेश सभा सदस्यबाट १ सांसद घटेसँगै कुल सांसद संख्या ५९ पुगेको छ। अब विश्वासको मतका लागि गुरुङले ३० मत ल्याउनुपर्दछ। उनको पक्षमा एमालेका २७ र स्वतन्त्र एक सांसदको मात्रै मत आउने देखिन्छ। विश्वासको मत पुग्ने आधार नभएपनि गुरुङले संसद् फेस गर्ने बताइएको छ।

Ncell 2
Ncell 2

यसअघि विपक्षी दलको पक्षमा बहुमत पुर्‍याउन ३१ जना नपुग्दा नयाँ सरकार बन्न सकेको थिएन। थापा कारबाहीमा पर्दा बहुमत पुग्ने संख्या ३० मा झरेको छ। विपक्षी दलसँग ३० सांसद छन्।

गुरुङले विश्वासको मत नपाए वैकल्पिक सरकार बनाउनका लागि संविधानको धारा १६८ को उपधारा ५ आकर्षित हुन्छ। त्यसअनुसार संसद्को कुनै सदस्यले विश्वासको मत प्राप्त गर्नसक्ने आधार भएमा प्रदेश प्रमुखले मुख्यमन्त्री बनाउने व्यवस्था छ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका विपक्षी दलले उनलाई समर्थन रहेको दाबी पेश गर्ने बाटो फेरि खुल्नेछ। कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सबै सांसदको समर्थन पोखरेललाई देखियो भने नयाँ सरकार बन्छ।

कांग्रेस, माओवादी, जसपाको समर्थन पोखरेललाई हुनेमा शंका छैन। राष्ट्रिय जनमोर्चाका दुईमध्ये खिम विक्रम शाहीले विपक्षी दलको गठबन्धनलाई साथ नदिए नयाँ सरकार बन्ने सम्भावना पनि हुँदैन। जनमोर्चाकी सांसद पियारी थापा भने विपक्षी गठबन्धनको पक्षमा छन्।

जनमोर्चासहितको साथले पोखरेलको नेतृत्वमा १६८ (५) अनुसार नयाँ सरकार बन्यो भने ३० दिनभित्र विश्वासको मत लिनुपर्दछ। नयाँ सरकारले पनि विश्वासको मत लिन नसकेको अवस्थामा संविधान अनुसार नै गण्डकी प्रदेश विघटन हुनेछ।

संसद् विघटनपछि ६ महिनाभित्र प्रदेश सभा निर्वाचन गर्नुपर्नेछ। १६८ (५) अनुसार बनेको सरकारको सिफारिसमा प्रदेश प्रमुखले नयाँ निर्वाचनको मिति घोषणा हुनुपर्नेछ। गण्डकी प्रदेशलाई निर्वाचनतिर लाने वा नयाँ सरकार बनाई निरन्तरता लैजाने त्यसका लागि बल जनमोर्चाको कोर्टमा छ। 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
थाक्रे दुर्घटना अपडेट : एक जनाको मृत्यु, २ जना घाइते
नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना :  विजयी भवः
खेलाडीलाई शुभकामना दिँदै प्रचण्डले भने : हरेक बल, रन र विकेटमा नेपालको साथ छ
सम्बन्धित सामग्री
फागुन ६ गते जनकपुरमा कांग्रेसले मधेस सभा गर्ने बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेशकुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर... शनिबार, माघ २४, २०८२
देशलाई रुपान्तरण गर्नका लागि भएपनि कांग्रेसमा मतदान गर्नुस् : महामन्त्री पाैडेल महामन्त्री पौडेलले नेपाली कांग्रेसमा परिपक्व युवा पुस्ता नेतृत्वमा आएकाले देशको परिवर्तन सम्भव हुने जिकिर पनि गरे। शनिबार, माघ २४, २०८२
‘चुनाव पछाडि सिंहदरबार जल्नु हुँदैन,सरकारको गोलीबाट कोही मारिनु हुँदैन’ : गगन थापा सर्लाहीका मतदातासँगको अन्तरक्रियामा बोल्दै थापाले जे जति खराब कामहरू भए, कसैलाई दोष नदिएर अगाडी बढेको बताएका हुन् ।  उनले चुनाव पछाड... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
थाक्रे दुर्घटना अपडेट : एक जनाको मृत्यु, २ जना घाइते आइतबार, माघ २५, २०८२
नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना :  विजयी भवः आइतबार, माघ २५, २०८२
खेलाडीलाई शुभकामना दिँदै प्रचण्डले भने : हरेक बल, रन र विकेटमा नेपालको साथ छ आइतबार, माघ २५, २०८२
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची आइतबार, माघ २५, २०८२
बैतडीमा ‘ईभी हाइस’ दुर्घटना, चालकको मृत्यु आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
रोमारियो सेफर्डले बने २०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी शनिबार, माघ २४, २०८२
गलोपाका २ समानुपातिक उम्मेदवारसहित ५ नेता कांग्रेस प्रवेश शनिबार, माघ २४, २०८२
टी–२० विश्वकपः नेदरल्यान्ड्समाथि पाकिस्तानको संघर्षपूर्ण जित शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्