काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक पुन: स्थगित भएको छ।
बुधबार स्थगित गरिएको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको थियो। पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरूसँग वार्ता चलिरहेको भन्दै बुधवारको बैठक बिहीबारसम्मलाई स्थगित गरिएको थियो।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए।
यसअघि मंगलबार बसेको स्थायी कमिटी बैठकले एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।