काठमाडाैं– राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त भएका छन्।
पार्टी नीति विपरीत गएकाले उनलाई सांसदबाट पदमुक्त गर्न जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले पत्र पठाएका थिए।
पार्टीले उनलाई हटाइएको पत्र प्रदेश संसद सचिवालयमा दर्ता गरिएको छ। उनी विपक्षी गठबन्धनको पक्षमा नदेखिएपछि कारबाही गरिएको हो।
पार्टी नीति विपरीत सत्तारुढ दलको पक्षमा देखिएको भन्दै थापालाई १ वर्षका लागि साधारण सदस्यबाटै निस्कासित गरिएको छ। साथै, उनलाई केन्द्रीय कमिटी तथा प्रदेश संसदीय दलको नेताबाट पनि उनलाई हटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।