• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २९, २०८३ Tue, May 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महाधिवेशनका लागि देउवालाई दबाब दिन सक्रियता बढाउँदै संस्थापनइतर समूह

64x64
नेपाल लाइभ बिहीबार, जेठ २०, २०७८  १२:०९
1140x725
फाइल तस्वीर।

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन समयमा नहुने आशंका गर्दै  संस्थापतइतर समूहका नेताहरुले सक्रियता बढाएका छन्। उनीहरुले सभापति शेरबहादुर देउवामाथि समयमै महाधिवेशन गर्न दबाब बढाएका हुन्।

भदौ ७ देखि १० सम्मका लागि तय भएको महाधिवेशन सम्पन्न गर्न पार्टी सभापति देउवा पक्षले कम चासो देखाएको वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बुझाइ छ। संविधानले दिएको अधिकार समेत प्रयोग गरी बढाइएको ६ महिनाको अवधि भदौमा सकिँदैछ।

महाधिवेशन समयमा हुन सकेन भने दलको वैधानिकताका साथै अस्तित्वमा समेत प्रश्न उठ्ने छ। महाधिवेशनका लागि सभापतिको सार्थक पहल हुन नसकेको जनाउँदै संस्थापन इतरका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन्।

नियमित समय जस्तै परिस्थिति नभएकाले मोडालिटी परिवर्तन गरेर भएपनि महाधिवेशन गर्नुपर्ने तर्क संस्थापनइतरमा उठेको छ। त्यसकै लागि बुधबार पौडेल पक्षका नेताहरु भर्चुअल छलफलमा जुटेका थिए। बिहीबार (आज) नेता डा शेखर कोइरालाको अगुवाइमा महाधिवेशन केन्द्रित छलफल राखिएको छ। महाधिवेशन समयमा गर्नका लागि मोडालिटीका बारेमा छलफल गरिने जनाइएको छ।

कोइरालाले आयोजना गरेको भर्चुअल संवादमा नेताहरु गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, सरिता प्रसाईं, बद्री पाण्डे, गुरुराज घिमिरे, जीवन परियार, धनराज गुरुङ, रामकृष्ण यादव, किरण यादव, अमरेश कुमार सिंह, गोबिन्द पोखरेल लगायत सहभागी हुने बताइएको छ। क्रियाशील सदस्यता सम्बन्धी विवाद भएको स्थानमा १३औं महाधिवेशनकै प्रतिनिधि कायम राखेर भए पनि समयमै महाधिवेशन गर्नुपर्ने नेता कोइरालाको भनाइ छ। महाधिवेशन गर्नका लागि पदाधिकारीको जिम्मेवारी बढी भए पनि भूमिका भने नदेखिएको उनले गुनासो गरे।

बुधबार भएको संस्थापनइतरका नेताहरुको जुम मिटिङमा विवादित स्थानमा १३औं महाधिवेशनकै प्रतिनिधि कायम गरी महाधिवेशन समयमा गर्नुपर्ने विषय उठेको छ। बैठकमा सहभागी नेता प्रदीप पौडलले भने, ‘विवादित स्थानमा १३औं महाधिवेशनका प्रतिनिधि कायम गरौँ भन्ने विषय उठेको थियो। अहिलेको कार्यतालिका कार्यान्वयन गर्न सकिने राय पनि उठेको थियो। केही नेताले १३औं महाधिवेशनको क्रियाशील सदस्यबाट गरौँ पनि भन्नुभएको थियो।’

बुधबारको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेल लगायको सहभागिता थियो।

यसअघि समयसमयमा विशेष महाधिवेशनको कुरा उठाउँदै आएका वरिष्ठ नेता पौडेलले बुधबार उक्त विषयलाई उठाएनन्। महाधिवेशनका लागि सभापतिलाई आफूले दबाब दिइरहेको उनको भनाइ थियो। उनले अन्य नेताहरुसँग गुनासो राख्दै भने, ‘मैले त सभापतिलाई भनेको भन्यै छु। साथीहरुले भन्नुहुन्न।’

nimb
nimb
Ncell 2
Ncell 2

महामन्त्रीले सक्रियता नदेखाएको पौडेलको गुनासो थियो। ‘महामन्त्रीजी, तपाईं पनि सभापतिलाई भन्नुस्। महाधिवेशन कसरी गर्ने?’, शशांक कोइरालालाई वरिष्ठ नेता पौडेलको प्रश्न थियो।

महाधिवेशन गर्नका लागि सभापतिलाई दबाब दिन सबैतिरबाट आवश्यकता रहेको पौडेलले बताए। बैठकको अन्त्यमा बोलेका पौडेलले सभापतिसँग कुरा गर्न महामन्त्री कोइरालालाई आग्रह गरेका थिए।

महामन्त्री डा शशांक कोइरालाले १३औं महाधिवेशनकै क्रियाशील सदस्यबाट महाधिवेशन गर्न उपयुक्त हुने बताएका थिए। अहिले बनेका क्रियाशील सदस्यतालाई १५औं महाधिवेशनमा आधिकारिता दिन सकिने उनको आशय थियो। जिल्ला जिल्लाबाट केन्द्रमा मत दिन सकिने उनले विकल्प देखाएका थिए।

नेता प्रकाशमान सिंहले वर्तमान कार्यतालिका अनुसार नै समयमा महाधिवेशन गर्न सकिने बताए। क्रियाशील सदस्यता छानबिन समितिलाई सबैले सहयोग गर्नुपर्ने उनको राय थियो। वरिष्ठ नेता पौडललाई चेतावनीको शैलीमा नेता अर्जुननरसिंह केसीले भने, ‘सहमति गर्ने भनी तपाईं र शेरबहादुर मिले पनि मैले मान्दिनँ। महाधिवेशन प्रक्रियागत ढंगले हुनुपर्छ। बरु १३औं महाधिवेशनका प्रतिनिधिबाट विशेष महाधिवेशन गरौं। सहमतिका नाममा प्रक्रिया मिच्ने काम नगरौँ।’

संवैधानिक प्रक्रिया अनुसार नै कार्यान्वयन हुने गरी अघि बढ्नुपर्ने केसीको राय थियो। अहिलेको कार्यतालिका अनुसार महाधिवेशन हुन नसक्ने उनको निचोड थियो। संस्थापन पक्ष कार्यतालिका कार्यान्वयन गर्न तयार नभएको उनको बुझाइ थियो। अर्का नेता मिनेन्द्र रिजालले क्रियाशील सदस्यता टुंगाएर पछि मात्रै अरु विषयमा छलफल गर्नुपर्नेमा जोड दिए।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका गगन थापाले चिकित्सकहरुको भनाइ अनुसार साउनको अन्त्यसम्म संक्रमणको अवस्था रहिरहने बताएका थिए। त्यसबेलासम्म महाधिवेशनका लागि काम गर्न सकिने परिस्थिति नहुने उनको तर्क थियो। पार्टी बचाउने र जोखिमबाट पनि बच्ने उपाय खोज्नुपर्ने उनले सुझाए।

६० जिल्लाबाट क्रियाशील सदस्यको नाम आएको भनिए पनि ती जिल्लाका कतिपय क्षेत्रबाट नाम नआएको बताइएको छ। तुलनात्मक रुपमा करिब पाँच लाख क्रियाशील सदस्यता कम विवादित रहेका छन्। सूचीकृत भएका थप २ लाख ७५ हजार क्रियाशील सदस्यमा बढी विवादित छन्।

एक लाख ७५ हजार क्रियाशील सदस्य सूचीकृत हुनै पाएका छैनन्। क्रियाशील सदस्यको अन्तिम नामावली नआइसकेको हुँदा छानबिन समितिले आफ्नो कार्य सुरु गर्न सकेको छैन। छानबिन समितिले अन्तिम नामावली प्रकाशन गरेसँगै तल्लो तहका अधिवेशन सुरु हुन्छन्।

त्यससँगै केन्द्रीय महाधिवेशनको लागि ढोका पनि खुल्छ। छानबिनका लागि नयाँ विधि तय गरी त्यसलाई कडाईका साथ कार्यान्वयन गरे  एक महिना भित्रमा सदस्यको टुंगो लगाउन सकिने छानबिन समितिका सदस्य पौडेलको दाबी छ।

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
जेठ १५ को मध्याह्नमा बजेट आउँछ, मध्यरातसम्म हामी बजेट लेखिरहेका हुन्छौँ : अर्थमन्त्री वाग्ले
एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनीत
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको हो । मंगलबार, वैशाख २९, २०८३
जेठ १५ को मध्याह्नमा बजेट आउँछ, मध्यरातसम्म हामी बजेट लेखिरहेका हुन्छौँ : अर्थमन्त्री वाग्ले मंगलबार अर्थ समितिमा बजेट निर्माणका सन्दर्भमा सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा सांसदहरूले राखेको सवालमा अर्थमन्त्री वाग्लेले स... मंगलबार, वैशाख २९, २०८३
एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनीत प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको हो। मंगलबार, वैशाख २९, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता मंगलबार, वैशाख २९, २०८३
जेठ १५ को मध्याह्नमा बजेट आउँछ, मध्यरातसम्म हामी बजेट लेखिरहेका हुन्छौँ : अर्थमन्त्री वाग्ले मंगलबार, वैशाख २९, २०८३
एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनीत मंगलबार, वैशाख २९, २०८३
देउवा समूहको प्रदेशस्तरीय भेला विराटनगरमा आजदेखि सुरु मंगलबार, वैशाख २९, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
यस्तो छ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ) सोमबार, वैशाख २८, २०८३
विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्