काठमाडौं– नेकपा (एमाले)को माधवकुमार नेपाल–झलनाथ खनाल पक्षीय केन्द्रीय कमिटीको बैठक भर्चुअल माध्यमबाट बस्दै छ। बैठक आज (बिहीबार) बिहान ११ बजे बस्ने एक केन्द्रीय सदस्यले जानकारी दिए।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समूहका दोस्रो पक्षबीच अनौपचारिक वार्ता बाक्लिएको समयमा उक्त बैठक बस्न लागेको हो।
बैठकमा अनौपचारिक वार्तामा भइरहेका प्रगति र आगामी रणनीतिबारे छलफल हुने एक नेताले बताए।
केही दिनदेखि दोस्रो तहका नेताबीच भइरहेको छलफलबाट एउटा निष्कर्ष निस्कने अपेक्षा उक्ता पक्षका दोस्रो तहका नेताहरुले गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।