• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २९, २०८३ Tue, May 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले एकताको बुधबारको प्रयास निष्कर्षविहीन, बिहीबार ‘दृष्य’ प्रष्ट हुने 

64x64
नेपाल लाइभ बुधबार, जेठ १९, २०७८  २२:३३
1140x725

काठमाडौं– नेकपा एमालेको एकता जोगाउन दोस्रो तहका नेताहरुबीच भइरहेको संवादले बुधबार पनि तात्विक निष्कर्ष पाएन। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुले बुधबार दिनभर सामूहिक र एकल संवाद भने गरेका छन्।

संवादका क्रममा ओली पक्ष पूर्ववत् अवस्था भन्दा लचिलो देखिए पनि हार्दिकतासाथ नेपाल-खनाल समूहलाई स्वीकार्न तयार नभएको छलफलबाट चुहिएका सूचनाहरुले देखाएका छन्। वर्तमान संवाद नेपाल-खनाल समूहमा थप दरार ल्याउने रणनीति अनुरुप भइरहेको संकेत बुधबारका संवादले पनि दिएका छन्। 

नेपालपक्षका स्पष्टीकरण सोधिएका ११ मध्ये थप केही नेताहरुलाई कारबाही गर्ने गरी बुधबार बस्न लागेको ओली पक्षको स्थायी कमिटी बैठक भने स्थगित गरिएको छ। संवादमा सक्रिय नेपाल पक्षका नेताहरु योगेश भट्टराई, घनश्याम भूसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले सहमतिको प्रयास कायम राख्नुपर्ने सन्देश प्रवाह गरेपछि बिहीबार अपराह्नसम्मका लागि बैठक स्थगित गरिएको हो।

नेपाल पक्षीय यी चार नेता र ‌ओली पक्षका नेताहरु ईश्वर पोखरेल,  सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली संवादमा छन्। 

गत आइतबार राति याक एन्ड यती होटेलमा भएको छलफलबाट नेपाल पक्षीय नेता उत्साहित थिए। तर, बुधबारसम्म आइपुग्दा समेत ओली पक्षबाट थप लचकता नदेखिएपछि भने उनीहरु सशंकित बनेका छन्। 

वरिष्ठ नेता नेपाललाई समेत जानकारी नदिएर बनाउँदै गरिएको सहमतिको खाकामा थप काम हुन नसकेको उक्त पक्षका एक स्थायी कमिटी सदस्यले बताए। 

यसअघि याक एन्ड यतीमा भएको वार्तामा ओली पक्षले जेठ २ गते फर्किनुपर्ने नेपाल-खनाल पक्षको बटमलाइन सशर्त मान्न तयार भएको उनले बताए। केही कमिटीमा व्यवहारिक परिवर्तन, माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’ पक्षका नेताहरुको व्यवस्थापन र नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने अजेन्डा ओली पक्षका नेताहरुले वार्तामा राखेका थिए।

ओली पक्ष अजेन्डासहित छलफल आएकाले एकता कायम राख्ने दिशातिर संवाद अघि बढिरहेको नेपाल-खनाल पक्षीय नेताहरुको भनाइ थियो।

nimb
nimb
Ncell 2
Ncell 2

तर, मंगलबारको स्थायी कमिटी बैठकमा फरक तरिकाले छलफल भएको जानकारी यो समूहका नेताहरुले पाएका छन्। त्यहाँ एकता कायम राख्ने प्रयत्न भन्दा पनि नेपाल समूहका धेरै भन्दा धेरै नेता-कार्यकर्ता आफ्नो पक्षमा ल्याउन रणनीतिक चाल चल्ने विषयमा छलफल भएको उक्त समूहले बुझेको छ। 

मंगलबार स्थायी कमिटी बैठकपछि एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि त्यस्तै संकेत गरेका थिए। उनले भनेका थिए, 'एकता मजबुत पार्न छलफल गरिरहेका छौं। सकेसम्म एकता जोगाउन सकियोस्। नभए धेरै भन्दा धेरै साथीहरु अडिनुहोस् भन्ने लागेको छ।'

तर, नेपाल पक्षका सवै नेताहरुलाई निशर्त पार्टीको जिम्मेवारीमा फर्काउने विषयमा उक्त पक्ष तयार नरहेको उनको भनाइ थियो। उनले भनेका थिए, ‘केही साथीहरु बडो गर्वका साथ देउवाजीलाइ प्रधानमन्त्री बनाउने कुराको महिमा मण्डन गरिरहनुभएको छ। उहाँहरु फर्काउँदा राम्रो त राम्रै हुन्छ तर तालमेल मिल्दैन।‘

पछिल्लो समय बालुवाटारसँग पनि सम्बन्ध कायमै राखेका नेपाल-खनाल पक्षका प्रभावशाली नेताहरुलाई आफूतिर तान्ने रणनीतिमा ‌ओली पक्ष छ। नेपाल-खनाल पक्षका केही नेताहरुले पार्टी फुट्ने अवस्थामा आफू एमालेमा कायम रहने सन्देश प्रवाह समेत गरेका छन्। 

तर, त्यसअघि एकताकै लागि प्रयास गर्न उनीहरु सक्रिय छन्। वरिष्ठ नेता नेपाललाई समेत जानकारी नगराएर संवाद गरेका उनीहरु एकता प्याकेजको टुंगो लागे 'सरप्राइज' दिने योजनामा थिए। 

बुधबार बेलुकीसम्म आइपुग्दा त्यो योजनाले मूर्तरुप पाउने सम्भावना कमजोर बनेको छ। आगामी रणनीति तय गर्न आइतबार बिहान नेपाल-खनाल पक्षीय केन्द्रीय कमिटीको बैठक भर्चुअल माध्यमबाट बस्ने भएको छ। 

बैठकमा अनौपचारिक वार्तामा भइरहेका प्रगति र आगामी रणनीतिबारे छलफल हुने बुझिएको छ। केही दिनदेखि दोस्रो तहका नेताबीच भइरहेको छलफल बुधबार बेलुकीसम्म एउटा निष्कर्षमा पुग्ने अपेक्षा उक्त पक्षका दोस्रो तहका नेताहरुले गरेका थिए। तर, त्यस्तो हुन सकेन। त्यसैले रणनीतिबारे मात्रै छलफल हुनेछ। 

एमाले वरिष्ठ नेता नेपाल र झलनाथ खनाल पक्षका जनसंगठन प्रमुखहरुले अहिले भइरहेको एकताको हल्लाको अर्थ नभएको बुधबार नै बताएका छन्।  नेपाल-खनालसहित उक्त पक्षका वार्ता कमिटी संयोजक भीम रावल पार्टीबाट निष्कासित छन्। यस्तो अवस्थामा दोस्रो तहका केही नेता एकतामा सक्रिय हुनुको तात्विक अर्थ नभएको उनीहरुको धारणा छ। 

नेपाल-खनाल पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार शिर्ष नेताहरुलाई कमजोर पारेर गरिने वार्ताको अर्थ नभएका विषयमा सामूहिक रुपमा आवाज उठेको थियो। पराजुलीले भने, 'हाम्रो तर्फबाट केही नेताहरु एकताका लागि वार्तामा रहेको सुनिएको छ। तर, नेपाल, खनाल र वार्ता कमिटी संयोजक रावल निकालिनुभएको छ। वार्ताको ढोका बन्द गरेर झ्यालबाट हुने सहमतिले कहीँ पुर्‍याउँदैन।'

वार्ता र सहमति सवै शिर्ष तहबाटै हुनुपर्नेमा उनीहरुले जोड दिएका छन्। बिहीबारको बैठकमा पनि यही कोणबाट कुरा उठाउने तयारी भइरहेको छ। 

नेपाल-खनाल समूहका प्रभावशाली नेताहरु अहिले मझधारमा रहेको विषयमा समेत बिहीबार 'क्लियर' गराउने तयारी रहेको एक केन्द्रीय सदस्यले बताए। उनका अनुसार नेपाल-खनाल पक्षका धेरै कार्यकर्ताको माग छुट्टै पार्टी बनाएर अघि बढ्नुपर्ने छ। 

ती केन्द्रीय सदस्यले भने, 'दोस्रो तहका चारजना प्रभावशाली नेतामध्ये कुनै एक नेता मात्रै हाम्रो समूहमा रहेमा तिनलाई महासचिव बनाएर अर्को पार्टी बनाउन अघि बढ्नुपर्ने माग कार्यकर्ताले गर्न थालेका छन्।'

बिहीबार पनि वार्ताको प्रयास हुने नेपाल-खनाल पक्षका एक स्थायी कमिटी सदस्य बताउँछन्। उनी भन्छन्, 'भोलि पनि वार्ताले सकारात्मक बाटो तय नगरेमा हामीमध्ये थप केहीलाई कारबाही गरिनेछ। त्यसपछि वार्ताको बाटो पनि लगभग समाप्त हुनेछ।' बिहीबार एमालेमा एकता हुने वा नहुने दृष्य स्पष्ट देखिने उनको दाबी छ।  

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  २२:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
जेठ १५ को मध्याह्नमा बजेट आउँछ, मध्यरातसम्म हामी बजेट लेखिरहेका हुन्छौँ : अर्थमन्त्री वाग्ले
एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनीत
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको हो । मंगलबार, वैशाख २९, २०८३
जेठ १५ को मध्याह्नमा बजेट आउँछ, मध्यरातसम्म हामी बजेट लेखिरहेका हुन्छौँ : अर्थमन्त्री वाग्ले मंगलबार अर्थ समितिमा बजेट निर्माणका सन्दर्भमा सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा सांसदहरूले राखेको सवालमा अर्थमन्त्री वाग्लेले स... मंगलबार, वैशाख २९, २०८३
एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनीत प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको हो। मंगलबार, वैशाख २९, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता मंगलबार, वैशाख २९, २०८३
जेठ १५ को मध्याह्नमा बजेट आउँछ, मध्यरातसम्म हामी बजेट लेखिरहेका हुन्छौँ : अर्थमन्त्री वाग्ले मंगलबार, वैशाख २९, २०८३
एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनीत मंगलबार, वैशाख २९, २०८३
देउवा समूहको प्रदेशस्तरीय भेला विराटनगरमा आजदेखि सुरु मंगलबार, वैशाख २९, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
यस्तो छ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ) सोमबार, वैशाख २८, २०८३
विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्