काठमाडाैं– 'भाइरल भइदियो' बोलको गीत मार्फत चर्चामा आएका गायक मानस राज भारतीय म्युजिक कम्पनी विंग्स इन्टरटेनमेन्टसँग महँगो रकममा अनुबन्धित भएका छन्। मानसलाई सो कम्पनीले एउटा गीति एल्मब निकाल्न २० लाख रुपैयाँमा अनुबन्ध गराएको हो।
एल्बमका लागि मानसले ८ गीत गाउनेछन्, जसमा प्राय: सबै रोमान्टिक गीतहरु रहने जनाइएको छ।
नेपाली गीतहरुले युट्युबमा सहजै करोड भ्युज पाउन थालेपछि नेपाली गायकको एल्बम निकाल्न लागेको विंग्स इन्टरटेनमेन्टका प्रमुख प्रकाश रोहराले बताए। विभिन्न ६१ भाषाका सामग्री रहेको युट्युब च्यानल चलाउँदै आएको कम्पनीले आफ्नो च्यानल मार्फत नेपाली गीत-संगीतको बजारलाई विस्तार गर्न यस्तो सम्झौता गरेको जनाएको छ।
शब्द र संगीत समेत मानस राजकै रहने एल्बमलाई कम्पनीले आउँदो अगष्टमा सार्वजनिक गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।