• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पाँच वर्ष सईमा बिताएकाले अवकाश रोजे इन्स्पेक्टर बनाउने प्रहरी हेडक्वार्टरको योजना!

64x64
नारायण अधिकारी बिहीबार, जेठ २०, २०७८  १०:१५
1140x725

काठमाडौं- प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवाका लागि हुने जाम घटाउन भन्दै प्रहरी प्रधान कार्यालयले नयाँ तरिका अपनाउन लागेको छ। कार्यालयले पाँच वर्ष सईमा बिताएका सुरक्षाकर्मीले अवकाश रोजेमा इन्स्पेक्टर बनाएर बिदा गर्ने योजना ल्याउन लागेको हो।

यसका लागि कार्यालयले गृह मन्त्रालयसमक्ष लिखित रूपमा कार्ययोजना पेस गरेको थियो। लामो समयसम्म सईको बढुवा हुन नसकेकोले यो अवस्था हटाउनका लागि पाँच वर्ष सईमा बिताएकाले अवकाश रोजेमा इन्स्पेक्टरको फुली लगाएर बिदा गर्ने योजनासहितको खाका प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर)ले गृहमा पेस गरेको थियो।

प्रहरी प्रधान कार्यालयले १९ वर्षसम्म सईमा रहँदासमेत इन्स्पेक्टर बन्न नसक्ने अवस्थालाई समाधान गर्न उक्त योजना गृहसमक्ष पेस गरिएको बताइएको छ। योजनामा सईमा कम्तीमा पाँच वर्ष बिताएका व्यक्ति र अवकाशका लागि सेवा अवधि पुगेका व्यक्तिले अवकाश रोजेमा इन्स्पेक्टरको फुली दिएर बिदा गरिने उल्लेख छ। यदि, यो योजना लागू भएमा ठूलो संख्यामा सईले अवकाश रोज्ने र सईबाट इन्स्पेक्टर बन्नका लागि १९ वर्षसम्म कुर्नु नपर्ने प्रहरी हेडक्वार्टरको भनाइ छ।

तर, गृहले भने प्रहरी प्रधान कार्यालयको यो योजना व्यावहारिक नभएको भन्दै फाइल फिर्ता गरेको छ। जसकारण सईको बढुवासमेत रोकिएको छ। गृह मन्त्रालयको कानुन महाशाखाका सहसचिव धर्मराज कुईकेलले कार्यालयको योजना व्यावहारिक नभएकाले पुनः मिलाएर ल्याउन फाइल फिर्ता पठाएको नेपाल लाइभलाई बताए।

‘प्रहरी नियमावलीअनुसार सईबाट इन्स्पेक्टर बन्न आठ वर्ष लाग्ने उल्लेख छ। तर, सईमा पाँच वर्ष बिताएको मान्छे इन्स्पेक्टरको फुली लगाएर घर जाने भन्ने मिल्दैन भनेर फाइल फिर्ता गरिएको हो। त्यसलाई करेक्सन गरेर ल्याएपछि कार्यान्वयनको प्रक्रिया अघि बढ्छ,’ सहसचिव कुईकेलले भने।

अहिले असईमा भर्ना भएकाहरू सात/आठ वर्षमा सई बन्ने गरेका छन्। सई भएको पाँच वर्षमै अवकाशमा जान चाहेमा इन्स्पेक्टर बनाएर बिदा दिने नियम बने पनि सोझै असईमा भर्ना भएकाहरूमा लागू हुन सक्दैन। किनभने, उनीहरू ढिलोमा आठ वर्षमा असईबाट सई बन्ने र पाँच वर्ष सईमा बसे पनि जम्मा १३ वर्षमात्रै हुने भएकाले उनीहरू अवकाशका लागि योग्य हुँदैनन्। १२ वर्ष सईमा बिताएपछि भने अवकाश रोजेको खण्डमा इन्स्पेक्टर बन्नसक्ने अवस्था रहन्छ।

सिपाहीमा भर्ना भएका व्यक्ति सई भएको अवस्थामा सई भएको पाँच वर्षमा अवकाश रोजे भने उनीहरूले इन्स्पेक्टरको फुली लगाएर घर जानसक्ने अवस्था रहन्छ। यदि, यो व्यवस्था लागू भएमा सईको बढुवा जाम खुल्ने हेडक्वार्टरको आकलन छ।

प्रतिशतमा जुट्यो सहमति, नियमावली संशोधन हुन बाँकी
प्रहरी नियमावली २०७१ अनुसार इन्स्पेक्टरको पदपूर्ति दुई तरिकाले हुन्छ। एक, आन्तरिक बढुवाबाट र अर्को खुल्ला प्रतिस्पर्धाबाट भर्ना।

Ncell 2
Ncell 2
nimb
nimb

नियमावलीअनुसार रिक्त रहेको दरबन्दीमध्ये खुल्ला प्रतिस्पर्धाबाट ६० र आन्तरिक बढुवाबाट ४० प्रतिशतका दरले इन्स्पेक्टरको पदपूर्ति गरिने व्यवस्था छ। उक्त व्यवस्थाले गर्दा सईबाट इन्स्पेक्टर बन्नका लागि लामो समय लाग्ने भएकाले प्रहरी प्रधान कार्यालयले यो व्यवस्थालाई उल्ट्याउन माग गर्दै गृहलाई लिखित आग्रह गरेको थियो।

सईमा पाँच वर्ष काम गरेपछि अवकाश हुँदा इन्स्पेक्टर दिने भन्ने विषय संशोधन गरेर प्रहरी हेडक्वार्टरले ल्याएपछि संशोधनको प्रक्रिया अघि बढ्छ।

कार्यालयले सईबाट इन्स्पेक्टरमा हुने आन्तरिक बढुवा ४० बाट बढाएर ६० प्रतिशत पुर्‍याउनुपर्ने र खुल्ला प्रतिस्पर्धालाई ६० बाट घटाएर ४० प्रतिशतमा झार्नुपर्ने भन्दै गत माघको अन्तिममा गृहमा प्रस्ताव पठाएको थियो। कार्यालयले भनेअनुसार आन्तरिक बढुवा ६० प्रतिशत नभई गृहले आन्तरिक बढुवा र खुल्ला प्रतिस्पर्धालाई समान ५०-५० प्रतिशत बनाउने गरी टुंग्याएको थियो। कति प्रतिशत आन्तरिक र खुल्ला भन्ने विषय टुंगिसकेको सहसचिव कुईकेलले बताए।

प्रतिशतमा सहमति भए पनि प्रहरी नियमावली संशोधन भएको छैन। गृहले आन्तरिक बढुवालाई ४० बाट बढाएर ५० बनाउन गरेको निर्णय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृत हुनुपर्ने प्रावधान छ। त्यहाँबाट स्वीकृत भएर मन्त्रिपरिषद्मा पुग्नुपर्छ। मन्त्रिपरिषद्ले पास गरेपछि बल्ल नियमावली संशोधन भएर आन्तरिक ४० प्रतिशतको ठाउँमा ५० प्रतिशत कायम गर्ने नीतिले मूर्तरूप लिन्छ। उक्त नियमावली संशोधन भएर आएपछि बल्ल सईबाट इन्स्पेक्टर बढुवाको तयारी थालिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यता गृहले भने प्रहरी प्रधान कार्यालयले पाँच वर्ष सईमा काम गरिसकेकाले अवकाश रोजे इन्स्पेक्टर बनाएर अवकाश दिने भन्ने विषय संशोधन गरेर ल्याएपछि बल्ल प्रहरी नियमावली संशोधनको फाइल कानुन र अर्थमा पुग्ने बताएको छ। कानुन महाशाखाका सहसचिव कुईकेलले भने, ‘सईमा पाँच वर्ष काम गरेपछि अवकाश हुँदा इन्स्पेक्टर दिने भन्ने विषय संशोधन गरेर प्रहरी हेडक्वार्टरले ल्याएपछि संशोधनको प्रक्रिया अघि बढ्छ।’

पाँच महिनादेखि बढुवा रोकियो
प्रहरी नियमावली संशोधन नहुँदा विगत पाँच महिनादेखि सईको बढुवा रोकिएको छ। इन्स्पेक्टरको १०० दरबन्दी खाली भएको पाँच महिना पुग्नलाग्दासमेत बढुवा हुन नसकेको हो।

आन्तरिक बढुवालाई ४० बाट बढाएर ५० प्रतिशत पुर्‍याउने भन्नेमा गृह मन्त्रालय सहमत भए पनि नियमावली संशोधन हुन सकेको छैन। उता सई भएको पाँच वर्षमा अवकाश रोजेमा इन्स्पेक्टर बनाएर बिदा गर्ने भन्ने विषयमासमेत टुंगो नलागेकाले नियमावली संशोधनको प्रक्रिया अघि बढ्न नसकेको गृहका अधिकारीहरू बताउँछन्। यो विषय टुंगो लागेपछि बल्ल संशोधनको प्रक्रिया सुरू हुने उनीहरूको भनाइ छ।

नियमावली संशोधन नहुँदा २०५८ सालमा सई भएकाहरू समेत अहिलेसम्म बढुवा हुन सकेका छैनन्। यसअघि २०५८, २०६०, २०६१ मा सई बनेकाहरूलाई समेत उछिनेर केही सईहरू शक्तिकेन्द्रको पहुँचमा इन्स्पेक्टर बनेका थिए। सई बढुवामा हरेक पटकजसो शक्तिकेन्द्र हाबी हुँदै आएको छ। विभिन्न मन्त्रीदेखि उच्च पदस्थ अधिकारीहरूका पीएसओ (पर्सनल सेक्युरिटी अफिसर)हरू शक्तिकेन्द्रको आडमा इन्स्पेक्टर बन्ने गरेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्