काठमाडौं- नेकपा (एमाले)को माधवकुमार नेपाल-झलनाथ खनाल पक्षीय केन्द्रीय कमिटीको बैठक भर्चुअल माध्यमबाट बस्ने भएको छ। बिहीबार बिहान ११ बजेका लागि बैठक तय गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समूहका दोस्रो पक्षबीच अनौपचारिक वार्ता बाक्लिएको समयमा उक्त बैठक बस्न लागेको हो।
बैठकमा अनौपचारिक वार्तामा भइरहेका प्रगति र आगामी रणनीतिबारे छलफल हुने बुझिएको छ। केही दिनदेखि दोस्रो तहका नेताबीच भइरहेको छलफलको एउटा निष्कर्षमा बुधबार बेलुकीसम्म पुगिने अपेक्षा उक्ता पक्षका दोस्रो तहका नेताहरुले गरिरहेका छन्।
वार्ता सकारात्मक भइरहेको बताउँदै अन्तरसंघर्ष हल गर्ने उपायहरुमा छलफल भइरहेको एक स्थायी कमिटी सदस्यले बताए। उनकाअनुसार यसअघि सैद्धान्तिक छलफल मात्रै हुने गरेकोमा यसपल्ट व्यवहारिक प्रस्ताव पनि ओली पक्षले अघि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।