काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि आवासीय नेपाली राजदूत गेहेन्द्र भण्डारीलाई लक्जेमवर्गका लागि समेत गैह्रआवासीय राजदूतमा नियुक्त गरेकी छन्।
भण्डारीलाई बुधबार राष्ट्रपतिले लक्जेमवर्गका लागि समेत गैह्रआवासीय राजदूत नियुक्त गरेकी हुन्।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टरलाईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।