धनगढी– सुदूरपश्चिम सरकारले आगामी जेठ २१ गते प्रदेश सभाको बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन्।
मन्त्रिमण्डल विस्तार भएपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले जोशीलाई प्रवक्ता तोक्ने निर्णय समेत गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।