फाइल तस्वीर।
काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बुधबार पनि बस्दैछ। दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।
बैठकमा स्पष्टीकरण सोधिएका नेपाल पक्षका नेताहरूमाथिको कारबाही र कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका कामबारे छलफल हुन सक्ने नेम्वाङले बताए।
एमालेको स्थायी कमिटी बैठक मंगलबार पनि बसेको थियो। मंगलबारको बैठकले कारबाहीका विषयमा केही निर्णय लिएन। बैठकले पार्टी एकताका लागि हदैसम्म पहल गर्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए।
पछिल्लो समय एमालेकाे एकता कामय राख्न दुवै पक्षका दाेस्रो तहका नेताहरू सघन छलफलमा जुटेका छन्। एमालेले यसअघि माधवकुमार नेपालसहित ११ नेतालाई कारबाही गरेको थियो भने १२ नेतालाई स्पष्टीकरण सोधेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।