पाँचथर- पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन्। फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतले सफाइ दिइएको हो।
उनी एक किशोरीलाई ललाइफकाइ पटकपटक करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका थिए।
जिल्ला न्यायाधीश मनोज केसीको फैसलाबाट ठटालले सफाइ पाएका हुन्। एक विपन्न परिवारको किशोरीलाई गर्भवती बनाएका ठटालले किशोरीको अभिभावकलाई पैसा दिएर गर्भपतन गराउन खोजेपछि रहस्य सार्वजनिक भएको थियो।
फिदिमस्थित औषधि पसलमा उनका बाबुले गर्भपतन गराउने औषधि मागेपछि पसल सञ्चालकले सोधखोज गरेका थिए। यस क्रममा पीडित किशोरीका बाबुले छोरीलाई ठटालले बलात्कार गरेको र उनैले गर्भपतन गराउन पठाएको बताएपछि उक्त विषय सार्वजनिक भएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।