काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले हाम्रो बजेट विमर्शको स्तर दयनीय रहेको बताएका छन्।
सामाजिक सञ्जालमा बजेटबारे टिप्पणी गर्दै अल्पविकास, बेरोजगारी, परनिर्भरताको दुष्चक्रमा फसेको अर्थतन्त्रको गुणात्मक रूपान्तरणका निम्ति सरंचनात्मक परिर्वतनको एजेण्डा नभएको बताएका छन्।
नेपालको बजेट प्रचारमुखी हुने उनको भनाइ छ। केही शीर्षकका भत्ता बढ्दा बजेटले प्रशंसा पाउने भन्दै उनले प्रचारमुखी बजेट देशका लागि उपयोगी नहुने बताए। चुरेको चुरेका गिट्टी, बालुवा बेचेर व्यापारघाटा कम हुन नसक्ने उनको भनाइ छ।
उनले लेखेका छन्, ‘अलिकति तलबभत्ता/सामाजिक सुरक्षा भत्ता बढाइदिए सबैको वाहवाही? चुरेका गिट्टी, बालुवा बेचेर व्यापारघाटा हल हुन्छ? बेरोजगारी हट्छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।