काठमाडाैं– लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशन आज( बुधबार) देखि बस्ने भएको छ। प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख धर्मानाथ यादवले जेठ १९ गते १ बजेका बैठक आह्वान गरेका हुन्।
यसअघि विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैशाख ६ गतेका लागि बिशेष अधिवेशन बोलाइए पनि बैठक नै नबसी अन्त्य भएको थियो।
प्रदेशको नीति तथा कार्यक्रम एवं आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।