काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनप्रति दु:ख व्यक्त गरेकी छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् मृतक थापाप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी हुन्।
'युवा राजनीतिकर्मी‚ विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खबरले मलाई दु:खी बनाएको छ। दिवंगत थापाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु,' राष्ट्रपति भण्डारीले लेखेकी छन्।
कोरोना संक्रमणपछि गम्भीर बिरामी परेका थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।