काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
आज साँझ ट्वीट गदै प्रधानमन्त्री ओलीले दिवंगत थापाप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
'विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खबरबाट स्तब्ध भएको छु। दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,' प्रधानमन्त्री ओलीले लेखेका छन्।
मेडिसिटी अस्पतालमा उपचाररत थापाको आज निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।