काठमाडौं- प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। सुनुवाइका लागि पुरानै इजलासलाई निरन्तरता दिइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा ३० थान रिट निवेदन दायर भएका थिए।
शुक्रबारदेखि संवैधानिक इजलासमा यसबारे सुनुवाइ सुरु भएको हो। प्रधानन्यायाधीश राणाले आफूसहित बरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको इजलास तोकेका थिए।
न्यायाधीशहरु श्रेष्ठ र केसीलाई इजलासमा राखिएकोमा रिट निवेदकका पक्षका कानुन व्यवसायीले विरोध जनाउँदै आएपछि मंगलबारको सुनुवाइ सुरु हुन सकेको थिएन।
यसअघि आजै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा वरिष्ठ न्यायाधीशहरूको संवैधानिक इजलास गठन गर्न सहमत भएका थिए। मंगलबार सर्वोच्च बारका प्रतिनिधिसँगको छलफलमा प्रधान्यायाधी राणा वरिष्ठ न्यायाधीशहरूको संवैधानिक इजलास गठन गर्न सहमत भएका थिए। अन्तिम सुनुवाइ भन्दा अघि नै वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन हुने सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।