काठमाडौं- संवैधानिक इजलास सम्बन्धी नियमावली संशोधन गर्ने तयारी गरिएको छ।
सर्वोच्च बारसँगको छलफलपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलास सम्बन्धी नियमावली संशोधन गर्ने तयारी गरेका हुन्।
मंगलबार सर्वाेच्च बारका अध्यक्ष र सचिवसहितका प्रतिनिधिसँगको छलफलपछि प्रधान्यायाधीश राणाले यस्तो तयारी गरेका हुन्। उनले यसका लागि कर्मचारीलाई निर्देशन दिएका छन्।
याे संशाेधनकाे मस्याैदा फूलकाेर्टकाे बैठकबाट पारित गरेर न्याय परिषद्बाट संशोधन भएपछि लागू हुनेछ।
प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाका लागि गठन गरिएको संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीका विषयमा कानुन व्यवसायीहरूले प्रश्न उठाएका थिए। जसका कारण सुनुवाइले विषय प्रवेश समेत पाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।