काठमाडौं– नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल चयन भएका छन्। संघको आज (सोमबार) भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए।
संघका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो । युवा संघमा ४० वर्ष उमेरहद तोकिएको छ।
सोमबारको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको महासचिव आचार्यले जानकारी दिए। संघमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ।
नवनिर्वाचित अध्यक्ष पौडेलले संघलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताए। पौडेलले परिस्थिति अनुकुल हुने वित्तिकै महाधिवेशन गर्ने समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।