काठमाडाैं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपतिले कार्यकारी प्रमुखझैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका हुन्।
केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनका राष्ट्रपतिसँग नेपाललाई खोप उपलब्ध गराउन अनुरोध गरेकी थिइन्। उनले अमेरिकी राष्ट्रपतिलाई समेत खोप माग गर्दै पत्र लेखेकी थिइन्। एमाले नेता रावलले राष्ट्रपतिको उक्त कदम संविधानविपरीत भएको भन्दै आलोचना गरेका हुन्।
'कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुखझैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो। यसले, के प्रम र सरकार निकम्मा भई राष्ट्रपतिकहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो? भन्ने गम्भीर प्रश्न उठ्छ,' उपाध्यक्ष रावलले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।