काठमाडौं– लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु भएको छ। निर्धारित समय बिहान ९ बजेदेखि मतदान सुरु भएको हो। हालसम्म मुख्यमन्त्रीसँगै सभामुख, उपसभामुखलगात मन्त्रीले मतदान गरिसकेका छन्।
अन्य प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्ने कार्य जारी छ। निर्वाचन आयोगले मतदान स्थलमा भर्चुअल माध्यमबाट पनि हेर्न सकिने व्यवस्था मिलाएको छ।
आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने बताइसकेको छ। कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए।
निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।