काठमाडाैं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी आर्थिक वर्षको बजेटमा कोभिड खोपका लागि सरकारले विनियोजन गरेको रकम पर्याप्त भएको बताएका छन्।
'बजेटमा २६ अर्ब ७५ करोड रुपैयाँको खोपको लागि विनियोजन गरिएको छ। यो एकदमै राम्रो र पर्याप्त छ,' नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको बजेटपछिको छलफल तथा आर्थिक पत्रकार प्रशिक्षकका लागि प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले भने।
बजेटमा महासंघले दिएका सुझावको ६० प्रतिशतभन्दा धेरै कुरा सम्बोधन भएको भन्दै उनले खुसी व्यक्त गरे। 'कोभिडबाट सबैभन्दा धेरै प्रभावित पर्यटन र मनोरञ्जन क्षेत्रलाई विशेष प्राथमिकता दिन हामीले दिएको सुझाव बजेटमा समेटिएको छ। पुनर्कर्जालाई निरन्तरता दिनेलगायत माैद्रिक नीतिमा व्यवस्था गरिएका कुराहरुलाई निरन्तरता दिने कार्य स्वागतयोग्य छ,' अध्यक्ष गोल्छाले भने।
उनले बजेट सकारात्मक भए पनि कार्यान्वयनको पाटो चु्नाैतीपूर्ण देखिएको बताए। कोभिड नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा कति लम्बिन्छ भन्ने अन्योलता र चुनावका कारण बजेट कार्यन्वयनमा आशंका रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।