पोखरा– फेवातालमा डुङ्गा चलाउँदै गर्दा एक्कासी पानी, हावाहुरीसँगै परेको चट्याङ लाग्दा डुङ्गाबाट खसेर १ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भक्तपुर बस्ने १८ वर्षीय सुप्रिल लामा रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
५ जनाको टोली रहेको एउटा डुङ्गामा सवार ४ जनालाई सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ।
चट्याङ लागेर डुङ्गाबाट तालमा खसेको खबर पाउने बित्तिकै तत्काल वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी गणको उद्दार टोली सहित १५ जनाको टोली र नेपाली सेनासमेतको टोली खटिई ४ जनालाई सकुशल उद्दार गरेको थियो।
उद्दार भएकामा सिन्धुली घर भई हाल भक्तपुर सूर्यविनायक बस्दै आएका १८ वर्षीय विशाल थापा, भक्तपुर बस्ने १९ वर्षीय मन्दिप महत, सोही स्थानका १७ वर्षीय शुशिल कुँवर र काठमाडौं सितापाइला बस्ने १७ वर्षीय अनिल रोक्का छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।