काठमाडाैं- नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष सतीशकुमार मोरले बजेटमा राखिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कोरोनाविरुद्धको खोपलाई व्यापक बनाउनुपर्ने बताएका छन्।निजीक्षेत्रमा काम गर्ने सबैलाई खोप दिन सकेमात्र अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उनको भनाइ छ।
'सरकारले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको धेरै कुरा समेटेको छ, यसको हामी स्वागत गर्छाैं,' नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको बजेटपछिको छलफल तथा आर्थिक पत्रकार प्रशिक्षकका लागि प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले भने, 'खोप व्यापक रुपमा वितरण गर्न सकिएन भने बजेटको लक्ष्य पूरा गर्न कठिन हुने देखिन्छ।'
बजेट धेरै राम्रो आए पनि उनले कार्यान्यवनमा आशंका व्यक्त गरे। बजेट कार्यान्वयनलाई चुनाैतीको रुपमा लिएर अगाडि बढ्न उनले अर्थमन्त्रीलाई सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।