काठमाडाैं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोरोना भाइरसविरुद्धको खोप निजी क्षेत्रलाई पनि ल्याउन दिनुपर्ने माग गरेका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको बजेटपछिको छलफल तथा आर्थिक पत्रकार प्रशिक्षकका लागि प्रशिक्षण कार्यक्रमकाको उद्घाटन समारोहमा बोल्दै उनले उक्त भनाइ राखेका हुन्। 'अहिले कोभिडको खोप व्यापक रुपमा लगिनुपर्छ। जीटूजीमार्फत सरकारले र निजी क्षेत्रलाई पनि ल्याउन दिनुपर्छ। अनिमात्र खोप व्यापक रुपमा पुर्याउन सकिन्छ,' उनले भने, 'यसो गरियो भने मात्र बजेटमा राखिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छाैं।'
उनले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट निजी क्षेत्रमैत्री रहेको बताए। तर कोभिड महामारीकै कारण कार्यान्वयन चुनाैतीपूर्ण हुने उनको भनाइ छ।
महामारी नियन्त्रणका लागि लक्षित गरेर स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको भन्दै उनले अर्थमन्त्रीको प्रशंसा गरे। निजी क्षेत्रका अधिकांश सुझाव बजेटमा समेटिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।