काठमाडौं- निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट स्वागतयोग्य रहेको जनाएको छ।
महासंघले आइतबार विज्ञप्ति जारी गरी बजेटमा महासंघले दिएका अधिकांश सुझावहरू समेटिएको भन्दै स्वागत गरेको हो।
‘माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा यही जेठ १५ गते सार्वजनिक आर्थिक वर्ष २०७८/७९ को संघीय बजेटले प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गर्दै उद्योग व्यवसायको पुनरूत्थान र लगानी विस्तार हुने अधिकांश कार्यक्रम समावेश गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रस्तुत अधिकांश सुझाव समावेश गरिएको बजेटलाई महासंघ स्वागत गर्दछ,’ महासंघको विज्ञप्तिमा उल्लेख छ।
नेपालीले कहिल्यै नभोगेको स्वास्थ्य जटिलतासँगैको आर्थिक समस्यासँग जुध्नुपरिरहेको अवस्थामा बजेटको प्राथमिकताले सकारात्मक सन्देश दिएको महासंघको भनाइ छ।
यस्तो छ बजेटबारे महासंघको धारणाः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।