काभ्रे– नक्कली डलर साट्ने गिरोहलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। आइतबार दिसँसो करिब ३ बजे काभ्रेको पाँचखाल नगरपालिका– ४ बोहोरे दोभान भन्ने ठाउँमा प्रहरीले ५ राउण्ड गोली चलाएको हो।
सस्तोमा डलर साटिदिने भन्दै नक्कली डलर देखाई ठग्न खोज्ने गिरोहलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो। आफुहरुमाथि नै आक्रमण गर्न खोजेपछि गोली चलाइएको प्रहरीले जनाएको छ। पेस्तोलबाट पाँच राउण्ड गोली चलाइएको इन्सपेक्टर रविराज थपलियाले बताए।
एकान्तमा डलर साट्नुपर्ने भन्दै उनीहरुले केही व्यक्तिलाई त्यहाँ बोलाएका थिए।
प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसेका बिनोद तामाङलाई पक्राउ गरेको छ। उनीबाट २५ हजार नक्कली डलर र बा ७२ प ३०९६ नम्बरको मोटरसाइकल बरामद गरेको छ। अन्य व्यक्तिहरु भागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।