काठमाडौं- नेकपा एमाले नेपाल–खनाल पक्षीय नेता भीम रावलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेताको संज्ञा दिएका छन्।
प्रधानमन्त्री ओलीले आइतबारको एक कार्यक्रममा पार्टी अनुशासनही र अराजक भएको भनेको कुरा उल्लेख गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
‘प्रम केपीले एउटा भेलामा पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको भन्नु भएछ। हो, पार्टी महाधिवेशनको निर्णय, विधान, निर्वाचित कमटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।