काठमाडौं– कोरोना भाइरसको संक्रमणपछि उपचाररत विवेकशील साझा पार्टीका नेता उज्जव थापाको स्वास्थ्यावस्थामा अझै सुधार नआएको जनाइएको छ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेता थापाको स्वास्थ्यावस्थामा कुनै सुधार नआएको र अवस्था अत्यन्तै गम्भीर रहेको जनाएका छन्।
मेडिसिटी अस्पतालमा उपचाररत थापाको स्वास्थ्यमा सुधार ल्याउन चिकित्सकहरुले सकेको प्रयास गरिरहेका मिश्रको भनाइ छ।
'उज्वलजीको स्वास्थ्यावस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भीर छ। डाक्टरहरूले सकेको गरिरहेका छन्,' मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, 'डाक्टरहरू र देश-विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।