उदयपुर — सुसाइट नोट लेखेर शसस्त्र प्रहरीका एक हवल्दारले आत्महत्या गरेका छन्। सशस्त्र प्रहरी बल त्रियुगा गुल्म बोक्से उदयपुरमा कार्यरत प्रहरी सहायक हवल्दार नवराज अधिकारीले आत्महत्या गरेका हुन्।
सुसाइट नोटमा उनले आफ्नो मृत्युबारे हल्ला नगर्न र फेसबुकमा समेत सार्वजानिक नगरिदिनु आग्रह गरेका उल्लेख गरेका छन्।
निमित्त गुल्मपति इन्स्पेक्टर प्रेमकुमार राईका अनुसार व्यारेकदेखि ५० मिटर पूर्व वैकल्पिक ६ नम्बर पोष्टको बाहिरी भागमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।