काठमाडौं– संसद विघटनसँग सम्बन्धित मुद्दा मंगलबार सम्मलाई हेर्दा हेर्दैमा सरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको आइतारको संवैधानिक इजलासले संसद विघटनसँग सम्बन्धित रिटहरुलाई मंगलबार सुनुवाइका लागि हेर्दाहेर्दैमा राखेको हो।
संसद विघटनसँग सम्बन्धित रिटहरुमाथि शुक्रबारदेखि संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको थियो। तर, रिट निवेदक पक्षका कानुन व्यवसायीले इजलास गठनकै विषयमा प्रश्न उठाएका छन्।
दोस्रो दिनको सुनुवाइका क्रममा आइतबार पनि इजलासमा रहेका २ जना न्यायाधीशको विषयमा प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले सैद्धान्तिक बहस गर्न कानुन व्यवसायीको ध्यानाकर्षण गराएका थिए।
प्रधानन्यायाधीश राणा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपकुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र वमकुमार श्रेष्ठ छन्।
संसद विघटन असंवैधानिक रहेको दाबीसहित दायर भएका रिट निवेदनको पक्षबाट बहस गर्ने कानून व्यवसायीहरुले भने न्यायाधीश केसी र श्रेष्ठ इजलासबाट अलग हुनुपर्ने माग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।