काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्थास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन्।
उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका हुन्।
उपप्रधानमन्त्री पोखरेलले नेता थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरे।
‘सरकारका तर्फबाट केही विशेष सहयोग गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुहोला, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं’, उपप्रधानमन्त्री पोखरेलले नेता थापाकी आमा शान्तालाई फोन गरेर भनेका छन्।
थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।