काठमाडाैं- अर्थसचिव शिशिर ढुंगानाले आगामी आर्थिक वर्षको बजेटमा राखिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिने बताएका छन्।
शनिबार अध्यादेशमार्फत् सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त दाबी गरेका हुन्। सरकारले अर्को वर्ष ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य बजेटमा राखेको छ।
'आगामी कात्तिकपछि आर्थिक पुनरुत्थानका कार्यक्रमहरु सुरु हुँदा त्यो लक्ष्य पूरा हुनेमा हामी विश्वस्त छाैं। आर्थिक पुनरुत्थानका लागि धेरै कार्यक्रम छन्, त्यसले उत्पादन बढाउँछ, रोजगारीको अवसर सिर्जना गर्छ,' उनले भने, 'राष्ट्र बैंकले गरेको अध्ययनहरुकै आधारमा हामीले यो लक्ष्य राखेका हाैं। त्यसैले खोप दिएपछि अर्थतन्त्र चलायमन हुँदा ६.५ प्रतिशतको लक्ष्यमा पुग्न सक्छाैं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।