फाइल तस्बिर
काठमाडाैं- अधिवक्ता गोविन्द बन्दीले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा बहस गर्न गठित संवैधानिक इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ बस्न नमिल्ने बताएका छन्।
उनले आइतबार संवैधानिक इजलासमा बहस गर्दै भारतमा पनि यस्ता केसहरु धेरै उठेको बताए। बाबरी केसको मुद्दामा पनि मोलाफाइट इन्टेन्सन देखिए हट्नुपर्ने भनेको उनले उल्लेख गरे।
'अदालतको स्वतन्त्राप्रति हामी सचेत छाैं। उहाँको व्यक्तिगत कुरा होइन। ऋषि कट्टेलको मुद्दा (नेकपा नाम विवादसम्बन्धी)मा एक स्टेप अघि बढेर फैसला भयो यो निवेदकको माग थिएन,' अधिवक्ता बन्दीले भने, 'पार्टी एमाले र माओवादीमा विभाजन भएपछि फेरि कसरी एकता हुन्छ? नेकपाको नाममात्र विवाद थियो, उक्त मुद्दाको फैसलाले कम्युनिस्ट पार्टीकै दाहासंस्कार भयो।'
जवाफमा प्रधानन्यायाधीश राणाले 'के भयोतिर नजानुस्, त्यो बहस गर्ने अधिकार तपाईंलाई छैन' भनेका थिए। न्यायाधीशद्वय केसी र श्रेष्ठ इजलासमा बस्दा गरिमा बढ्ने भन्दै उनले विचार गर्न आग्रह गरे। प्रधानन्यायाधीश राणाले बहसमा उठाइएको कुरा लिखितरुपमासमेत प्रस्तुत गर्न अधिवक्ता बन्दीलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।