काठमाडाैं- प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न गठित संवैधानिक इजलासको न्यायाधीशमाथि उठेको प्रश्नमा बहस सुरु भएको छ।
नेकपा नाम विवादसम्बन्धी मुद्दाको फैसला गरेका न्यायाधीश बमकुमार श्रेष्ठलाई प्रतिनिधि सभा विघटनविरुद्धको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा राखिएकोमा कानुन व्यवसायीहरुले प्रश्न उठाएका थिए।
आज सुरुमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले यस विषयमा कति जनाले बहस गर्ने भनेर सोधेका थिए।
जसमा पाँच जना कानुन व्यवसायीले बहस गर्ने भएका छन्। यसका लागि एक घण्टाको समय तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।