• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारमा जान जसपा महन्थ–राजेन्द्र पक्षको ढिलाइ किन?

64x64
नेपाल लाइभ आइतबार, जेठ १६, २०७८  ०८:१८
1140x725

काठमाडौं– जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जान तयार छन्। सो पक्षले मन्त्रालयको भागवण्डा समेत मोटामोटी रुपमा टुंग्याइसकेका छन्। 

बिहीबार वा शुक्रबारसम्मै सरकारमा गइसक्ने नेताहरुले समेत बताएका थिए। जसपा सरकारमा सहभागी हुने आशले प्रधानमन्त्री ओलीले केही मन्त्रालय रिक्त पनि राखेका छन्। तर, जसपा सरकारमा सहभागी हुने प्रक्रियामा भने ढिलाइ भइरहेको छ। जसपालाई सरकारमा जान विभिन्न फ्याक्टरले प्रभाव पार्ने भएकाले अलमल भइरहेको हुनसक्ने विश्लेषकहरुले बताएका छन्।

जसपामा महन्थ–राजेन्द्रपक्षले ओली सरकारमा जाने निर्णय गरेपछि बाबुराम भट्टराई–उपेन्द्र यादवपक्ष चिढिएका छन्। त्यहीँ विषयलाई लिएर दुबैपक्षले एकले अर्कोलाई दोस्रो चरणको स्पष्टीकरणको युद्ध पत्र सोध्न थालेपछि पार्टी विभाजनको ढिलमा पुगेको छ। कतिपय जसपाका दुबै पक्षका नेताहरुले पार्टी विभाजनको मानसिकता समेत बनाई सकेकाले औपचारिक रुपमा फुट्न मात्रै बाँकी रहको बताएका छन्। पार्टीमा तिक्तता बढ्दै गएपछि नेताहरुबीच संवादहिनताको अवस्थामा पुगेको छ। दुबै पक्षले तारन्तार स्पष्टीकरण सोधेपनि दुवै पक्ष मौन भएका छन्। 

महन्थ–राजेन्द्रपक्ष सरकारमा नगएमा पार्टी जोगिने स्थिति भएमा सत्ता बाहिरै बस्नुपर्ने भन्दै कतिपय नेताहरु लविङमा लागेका छन्। ‘ओली सरकारले जसपाका माग पूरा गर्नुपर्ने गरिसक्यो। कतिपय मागहरु प्रक्रियामै छन्, ती सबै माग पनि पूरा होलान्,’ महन्थ–राजेन्द्रपक्षका एक नेताले भने, ‘सर्वोच्च अदालतले संसद पुनस्र्थापना नगरेमा मन्त्री हुने यस्तै ८/१० महिना होला त्यो भन्दा बरु सरकारमा नगएर पार्टीलाई एकताबद्ध गराएर चुनावको तयार गर्दा राम्रो हुन्छ भन्ने छ।’ यदि सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेमा सरकारबाहिरै बसेर पार्टीलाई बलियो बनाउनुपर्ने ती नेताको तर्क छ। 

तर, जसपाको महन्थ–राजेन्द्रपक्ष सरकारमा नगएको धेरै समय भइसकेकाले कतिपय नेता सरकारमा छिट्टै जानुपर्ने दबाब दिन थालेका छन्। संविधान निर्माण भएपछि (२०७२) उनीहरु सत्ताबाहिरै भएकाले यतिबेला सरकारमा जाने सम्भावना बढेको छ। सरकारमा जान महन्थ–राजेन्द्रपक्षमा मत बलियो भएपनि त्यहीँ विषयलाई लिएर पार्टी विभाजन हुँदा कमजोर हुने भएकाले नेताहरु अलमलमा परेका हुन्। सरकारमा जान अनुकुल समय आएपनि पार्टी विभाजनकै कारण नेताहरुले अझै निर्णय लिन नसकेको एक नेताले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

महन्थ–राजेन्द्रपक्ष सरकारमा गए जसपा एकीकृत हुने अवस्था लगभग टुंगिने देखिएको छ। जसपा बाबुराम–उपेन्द्रपक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरी सकेकाले एउटै पार्टीमा दुई खेमा विभाजित भएपछि पार्टी सिंगो रुपम रहन गाह्रो हुनेछ। जसपालाई एकीकृत बनाउन तत्कालीन समाजवादी भन्दा राजपापक्ष धेरै लचिलो भएको छ। अहिले संसद नभएकाले पार्टीको सबैभन्दा शक्तिशाली कार्यकारिणी समिति हो। ५२ जना कार्यकारिणी समिति (रेशम चौधरी जेलमा) मध्ये ३० भन्दा धेरै नेता त्यसमा बाबुराम–उपेन्द्रपक्ष भएकाले बहुमतमा छन्। यदि पार्टी विभाजन नै गर्नुपर्ने अवस्था आएमा महन्थ–राजेन्द्रपक्षले पार्टी विभाजन गरेर जानुपर्नेछ। त्यस्तो अवस्थामा पार्टी विभाजन गरेको ट्याग महन्थ–राजेन्द्रपक्षलाई लाग्ने भएपछि उनीहरुलाई मधेसमा फेस गर्न गाह्रो हुने देखिएको छ।

सत्ताका लागि पार्टी विभाजन गरेको प्रतिगमनकारी ओलीलाई साथ लिएको भन्दै त्यसको फाइदा बाबुराम–उपेन्द्र पक्षले लिन सक्ने भएकाले एकतामा लचिलो देखिएका छन्। यस्तै ओली विरुद्ध मोर्चाबन्दी कसिलो हुँदै गएसँगै त्यसको प्रभाव भावी निर्वाचनमा पर्ने भएकाले पार्टी एकतामा महन्थ–राजेन्द्रपक्ष लचिलो भएको हुन सक्ने बताइएको छ। 

यस्तै प्रतिनिधि सभा दोस्रो विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलातमा विचाराधीन छ। अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने वा नगर्ने कुनै संकेत देखिएको छैन। यदि अदालतले संसद पुनःस्थापनाको मुद्दा सदर गरेमा जसपा सरकारमा जाने निर्णय तत्काल गर्न सक्ने कतिपयले विश्लेषण गरेका छन्। तर, अहिले नै जसपा सरकारमा जाने निर्णय गर्ने अदालतले संसद पुनःस्थापना गरेमा ओली सरकारबाट तत्काल बाहिरिने स्थिति हुन सक्छ। त्यस्तो अवस्थामा जसपा विभाजनको सिकार हुने सत्तामा लामो समय बस्न नपाउँदा घाटा मात्रै व्यहोर्नु पर्ने भएकाले पनि अलमत गरेको हुन सक्ने देखिएको छ।

अहिले जसपा यत्तिकै सत्ता बाहिरै बस्दा जसपा एकता जोगिनुका साथै आकलन गरेर सत्तामा जान सजिलो हुनेछ। जसपा सत्ताबाहिरै हुँदा अदालतले संसद पुनःस्थापना गरेमा संयुक्त सरकारसमेत एकीकृत पार्टीको रुपमा जाने बाटो समेत खुला हुन सक्ने सम्भावनासमेत उत्तिकै छ।

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ०८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओलीको पित्तथैलीमा रहेको पत्थरी निकाल्ने शल्यक्रिया सम्पन्न
वाणिज्य बैंकहरूको नयाँ ब्याज दरः कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ?
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन
सम्बन्धित सामग्री
कांग्रेसले बुधवारका लागि बोलायो कार्यसम्पादन समिति बैठक, संसदीय दल नेता चयन मुख्य एजेन्डा बैठकको मुख्य एजेन्डा वैशाख ४ गतेका लागि तय गरिएको संसदीय दलको नेता चयन प्रक्रियासम्बन्धी छलफल रहनेछ। उक्त पदका लागि अर्जुनरसिंह केसी... सोमबार, चैत ३०, २०८२
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन यसका लागि मन्त्रालयले सिंहदरबार क्षेत्रको इन्टरनेट पूर्वाधारसम्बन्धी निकायका रूपमा रहेको एकीकृत ‘डाटा’ व्यवस्थापन केन्द्रलाई निर्देश... सोमबार, चैत ३०, २०८२
मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेलगत्तै साम्पाङले सम्पत्तिको स्रोत खुलाउन माग राखेका हुन् । सोमबार, चैत ३०, २०८२
ताजा समाचारसबै
कांग्रेसले बुधवारका लागि बोलायो कार्यसम्पादन समिति बैठक, संसदीय दल नेता चयन मुख्य एजेन्डा सोमबार, चैत ३०, २०८२
ओलीको पित्तथैलीमा रहेको पत्थरी निकाल्ने शल्यक्रिया सम्पन्न सोमबार, चैत ३०, २०८२
वाणिज्य बैंकहरूको नयाँ ब्याज दरः कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ? सोमबार, चैत ३०, २०८२
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन सोमबार, चैत ३०, २०८२
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्