• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत ३, २०८२ Tue, Mar 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

साढे ५ खर्ब ऋणको भार राखेर सामाजिक सुरक्षा भत्ता वृद्धि, ‘कार्यकर्ता पोस्ने’ बजेट बढाइयो

64x64
नेपाल लाइभ शनिबार, जेठ १५, २०७८  २३:१६
1140x725

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत् ल्याइएको बजेट सिंहदरबारमा एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन्। संवैधानिक व्यवस्था अनुसार संसदमा टेबल गर्नुपर्ने बजेट संसद विघटन गरिएपछि राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै सार्वजनिक गरिएको हो। 

कोभिड महामारीसँग जुध्ने बजेट ल्याउने घोषणा अर्थमन्त्री पौडेलले यसअघि गरेका थिए। कोभिडले थला परेको अर्थतन्त्र अर्थतन्त्र सुधारमा पनि बजेट केन्द्रित हुने अपेक्षा थियो। त्यसैगरी यस्तो बेला रोजगारी बढाउन केही महत्वपूर्ण परियोजनामा बजेट विनियोजन हुने अपेक्षा पनि थियो। तर, कामचलाउ सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्ने गरी निर्वाचनलक्षित बजेट ल्याएको छ। 

Ncell 2
Ncell 2

आउँदो वर्षको बजेटमा झन्डै साढे १६ खर्ब बजेटको ३३ प्रतिशत स्रोत ऋणलाई बनाइएको छ। अर्थमन्त्री पौडेलले ऋणको भार बढाएरै भएपनि सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गर्ने निर्णय गरेका छन्। कर्मचारीको तलब २ हजार रुपैयाँ बढाउने निर्णय गरिएको छ। त्यतिमात्र नभई विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरणदेखि ल्यापटप खरिदका लागि समेत कर्जा दिने कार्यक्रम बजेटमा समेटिएको छ।  

सरकारले ऋण लिएरै गरीब तथा निम्न बर्गका घरको खरको छाना विस्थापन गर्ने घोषणा गरेको छ। त्यसका लागि प्रतिपरिवार अनुदान बढाएर ७५ हजार पुर्याइएको छ। यो स्वाभाविक रुपमा आकर्षक कार्यक्रम हो र गरिब परिवारका लागि महत्वपूर्ण पनि। तर, यसका पछाडि निर्वाचनमा भोट बटुल्ने मनसाय छिपेको छैन। त्यो प्रष्ट हुन्छ, सँधै विवादमा परेको र कार्यकर्ता पालनपोषणका लागि प्रयोग हुँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बढाएर १२ अर्ब रुपैयाँ पुर्याइनुबाट 
त्यति मात्रै नभई  भ्रष्टाचारको अखडा बनेको कृषि आधुनिकीकरण परियोजनामा समेत बजेट बढाइएको छ।  

वितरणमुखी बजेटको स्रोतमा संकलन हुन असम्भव जस्तै देखिएको १० खर्ब २४ अर्बको राजश्वको स्रोत राखिएको छ। जबकि ३ वर्ष देखि राजश्व संकलन ८ खर्ब पनि पुग्न सकेको छैन। यसैगरी गत वर्ष ६० अर्ब अनुदान स्रोत राखिएकोमा यस वर्ष बढाएर ६४ अर्ब पुर्याइएको छ। कोभिड महामारीपछि देशले अन्तर्राष्ट्रिय सहायताका रुपमा अनुदान पाउन झन् कठिन छ।

त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको आन्तरिक ऋणको सिमा भन्दा बढी २ खर्ब ५० अर्ब आन्तरिक ऋण बजेटको स्रोतमा उल्लेख गरिएको छ। यसबाहेक ३ खर्ब ९ अर्ब बाह्य ऋण लिनेगरी बजेटको स्रोत व्यवस्थापन गर्ने भनिएको छ। चालू आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आन्तरिकतर्फ २ खर्ब २५ खर्ब र बाह्यतर्फ २ खर्ब ९९ अर्ब मात्रै ऋण लिनेगरी स्रोत व्यवस्थापन गरेका थिए।

खतिवडाले भन्दा पौडलले अनुदान र ऋणको भार बजेटमा झन्डै ३८ अर्ब बढी राखेका छन्। यो बढ्नुको कारण सामाजिक सुरक्षा भत्ता बढाइनु हो। यो रकम र सामाजिक सुरक्षा भत्तामा बढाइएको रकम उस्तै हुन आउँछ। चालू आर्थिक वर्षको बजेटमा ६७ अर्ब सामाजिक सुरक्षा भत्ताको लागि विनियोजन भएको थियो। तर, आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरुक्षा भत्ताका लागि १ खर्ब विनियोजन गरिएको छ।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  २३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
संसद्‌मा विपक्षी नै नरहोस् भन्ने सोच गलत : मिनेन्द्र रिजाल
१३ अंकले बढ्यो नेप्से, चार कम्पनीमा लाग्यो सर्किट
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य सामान्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम भएको छ । मंगलबार, चैत ३, २०८२
सुनको भाउ बढ्दा चाँदीको घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १०० रुपैयाँले बढ्दै आज ३ लाख ९ हजार ५०० रुपैयाँमा पुगेको हो। सोमबार, चैत २, २०८२
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ। शुक्रबार भने यही सुन... आइतबार, चैत १, २०८२
ताजा समाचारसबै
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन मंगलबार, चैत ३, २०८२
संसद्‌मा विपक्षी नै नरहोस् भन्ने सोच गलत : मिनेन्द्र रिजाल मंगलबार, चैत ३, २०८२
१३ अंकले बढ्यो नेप्से, चार कम्पनीमा लाग्यो सर्किट मंगलबार, चैत ३, २०८२
सरकारी तलब-भत्ता तथा सुविधा नलिने रास्वपा सांसद गुरुङको घोषणा मंगलबार, चैत ३, २०८२
ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रपति पौडेल मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ सोमबार, चैत २, २०८२
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प सोमबार, चैत २, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
निर्वाचन खर्च नबुझाउनेलाई छुट दिने तत्कालीन राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा सदर मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्