काठमाडाैं- जनता समाजावदी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अर्थमन्त्रीमार्फत् वाचन गरिएको बजेट र नहुने चुनावको एमालेकाे घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक नपाइएकाे तर्क गरेका छन्।
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेसँगै उनले सामाजिक सञ्जालमार्फत् याे सिधासाधा मतदातालाई ललिपप बाँडेकोजस्तै देखिएकाे बताए।
'पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन। उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो। एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!,' उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।