काठमाडाैं- आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सरकारले मदिरा, सूर्तीजन्य बस्तु र पेयपदार्थको अन्तशुल्क बढाएकाे छ।
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त कुराकाे जानकारी दिएका हुन्।


कुन मदिर अन्तशूल्क कति बढ्यो?
• १२ देखि १७ प्रतिशतभन्दा बढी अल्कोहलमा प्रतिलिटर ३७० रुपैयाँबाट बढाएर अन्तशुल्क ४४४ रुपैयाँ
• १७ प्रतिशतभन्दा बढी अल्कोहलमा ४३० रुपैयाँबाट बढाएर ५१६ रुपैयाँ।
• २ लिटर वा कम जाने भाँडोमा रहेको १२ प्रतिशतसम्म अल्कोहलमा प्रतिलिटर ३७० रुपैयाँबाट ४४४ रुपैयाँ ।
• जौबाट बनेको मदिरामा प्रतिलिटर १६५बाट १९८ रुपैयाँ
• स्पार्किङ वाइन १२ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटर ३७० रुपैयाँबाट बढाएर ४४४ रुपैयाँ
• १२ प्रतिशतदेखि १७ प्रतिशतसम्म अल्कोहल भएकोमा प्रतिलिटर ३७० रुपैयाँबाट बढेर ४४४ रुपैयाँ।
• १७ प्रतिशतभन्दा बढीको हकमा प्रतिलिटर अन्तशुल्क ५१६ रुपैयाँ।
• एक्स्ट्रा न्यूट्रल अल्कोहलमा प्रतिलिटर प्रतिलिटर ६५ रुपैयाँलाई ७६ रुपैयाँ।
• एन्हाइड्रस इथानोल (९९ प्रतिशतभन्दा बढी अल्कोहल भएको)मा प्रतिलिटर ७ रुपैयाँलाई ९ रुपैयाँ।
• डिनेचर्ड स्प्रिट (८० देखि ९९ प्रतिशतसम्म अल्कोहल भएको)मा प्रतिलिटर १७ रुपैयाँलाई बढाएर २० रुपैयाँ ।
• छ्याङ (क्न्ट्री बियर)मा प्रतिलिटर ३५ रुपैयाँबाट बढाएर प्रतिलिटर अन्तशुल्क ४३ रुपैयाँ ।
• सेम्पेन, सेरी, मिड, पेरी, साइडरमा प्रतिलिटर ४३० रुपैयाबाट बढाएर ५१६ रुपैयाँ।
• अनडिनेचर्ड इथायल अल्कोहलमा प्रतिलिटर ६० रुपैयाँबाट बढाएर ७० रुपैयाँ।
• आयतनमा ८० प्रतिशत वा सोभन्दा बढी अल्कोहल भएका मदिराको कच्चा पदार्थको रुपमा प्रयोग हुने रेक्टिफाइड स्प्रिटमा प्रतिलिटर ६० रुपैयाँबाट बढाएर ७० रुपैयाँ।
• ह्स्किी, भोड्का, जीन र जेनेभा, रम, ब्राण्डीको कच्चा पदार्थको रुपमा प्रयोगथ हुने मादक द्रवमा प्रतिलिटर १६५ रुपैयाँबाट १९८ रुपैयाँ ।
• १५ युपी शक्ति ४८.५ प्रतिशतको अल्कोहल भएको तयारी मदिरामा प्रतिलिटर १३२५ रुपैयाँबाट १५९२ रुपैयाँ ।
• २५ यूपी शक्तिको ४२.८ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरामा प्रतिलिटर ९९० रुपैयाँबाट बढाएर ११८८ रुपैयाँ र प्रति एलपी लिटरमा १३२० रुपैयाँ बढाएर १५८४ रुपैयाँ ।
• ३० यूपी शक्तिको ३९.९४ प्रतिशत भएको अल्कोहलको मात्रा भएको तयारी मदिरामा प्रतिलिटर ९२० रुपैयाँबाट ११०५ रुपैयाँ र प्रति एलपी लिटरमा १३१५ रुपैयाँबाट बढाएर १५७८ रुपैयाँ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।