काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको सरकारले शनिबार अध्यादेशमार्फत् बजेट ल्याएको हो।
शनिबार अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट बजेट भाषण गरे। आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, भौतिक पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई क्रमश प्राथमिकतामा राखिएको छ।
आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रको कूल बजेट १ खर्ब ८० करोड छ। यस्तै, भौतिक पूर्वाधारतर्फ १ खर्ब ६३ अर्ब ३७ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।
स्वास्थ्य क्षेत्रतर्फ भने १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ खर्च विनियोजन गरिएको छ। यस्तै, उर्जा, जलस्रोत तथा सिँचाइतर्फ १ खर्ब २१ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको छ।
यस्तो छ मन्त्रालयगत बजेट विनियोजन
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय– १ खर्ब ८० अर्ब
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय– १ खर्ब ६३ अर्ब ३७ करोड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय– १ खर्ब २२ अर्ब ७७ करोड
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय– १ खर्ब २१ अर्ब ९७ करोड
शहरी विकास मन्त्रालय– ४१ अर्ब २० करोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय– २७ अर्ब ४७ करोड
वन तथा वातावरण मन्त्रालय– १४ अर्ब १३ करोड
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय– ४५ अर्ब
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय– १४ अर्ब
युवा तथा खेलकुद मन्त्रालय– २ अर्ब ७४ करोड
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय– १ अर्ब २० करोड
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय– ३० अर्ब ८३ करोड
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय– ७ अर्ब ७४ करोड
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय– ८ अर्ब २१ करोड
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (भूकम्पपछिको पुनःनिर्माणका लागि)– ३३ अर्ब ५५ करोड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।