काठमाडौं– सरकारले बिजुली कारमा लगाएको अन्त:शुल्क कर खारेज गरेको छ।
आगामी वर्षका लागि आज सार्वजनिक भएको बजेटको माध्यमबाट सरकारले अन्त:शुल्क खारेज गरेको हो।
डा युवराज खतिवडाले चालु वर्षको बजेटबाट बिजुली कारमा अन्त:शुल्कसँगै भन्सार शुल्कमा बढोत्तरी गरेका थिए। सो कर बढेसँगै बिजुली कारको आयात लगभग ठप्प भएको थियो।
चालु वर्षदेखि लागेको अन्त:शुल्क छ प्रतिशतदेखि ६० प्रतिशतसम्म थियो।
त्यस्तै अर्थमन्त्री विष्णु पौडेलले भन्सार शुल्कमा पनि उल्लेख्य घटाएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।