काठमाडाैं- सरकारले आगामी आर्थिक वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य अघि सारेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै उक्त लक्ष्य घोषणा गरेका हुन्।
चालु आवको बजेटमा ७ प्रतिशतको लक्ष्य राखिकोमा कोभिड महामारीका कारण ४.०१ को संशोधित आर्थिक वृद्धिदर अनुमान गरिएको थियो। तर, संशोधित लक्ष्य पनि हासिल हुन कठिन हुने अर्थमन्त्रीले बताए। चालु आवमा ४ प्रतिशतमा सीमित हुने अर्थ मन्त्रालयले जनाएको छ।
कामचलाउ सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। जसमध्ये चालु खर्चका लागि ६ खर्ब ७८ अर्ब, पुँजीगत (विकास) खर्चका लागि ३ खर्ब ४७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
सरकारले बजेटको स्रोत आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्वबाट उठाउने लक्ष्य राखेको छ। यस्तै, ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेको छ। तीन खर्ब नाै अर्ब रुपैयाँ वैदेशिक ऋण र दुई खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।