सिरहा– व्यक्तिगत रिसिइवीमा छिमेकीको हत्या गर्ने दुई जना पक्राउ परेका छन्। बैशाख २१ गते कर्जन्हा–७ का मुसहरु भन्ने सुपेन्द्र यादबको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा स्थानीय बन्ठा भन्ने राम सेवक यादब र जंगली भन्ने अन्जी कुमार कुशवाह महतो छन्।
सुपेन्द्र घर गोठबाट घर जाने क्रममा उनीहरुले फलामको धारीलो हतियार प्रयोग गरी हत्या गरेका थिए। तीन सातासम्म पनि हत्या रहस्यमै थियो। सुक्ष्म अनुसन्धान गरी हत्यामा संलग्नहरुलाई पक्राउ गरिएको सिरहाका एसपी जीवनकुमार श्रेष्ठले बताए। हत्यामा प्रयोग भएको लुगा तथा हतियार पनि प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।