काठमाडौं– आगामी आर्थिक वर्ष ७० लाख नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने बताइएको छ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै आगामी वर्ष ७० लाख नेपालीलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने बताएका हुन्।
२ वर्षभित्र भने सम्पूर्ण नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने बताइएको छ ।
त्यसैगरी कारागारलाई सुधारगृहमा परिणत गरिने बताइएको छ। केन्द्रीय कारागार सुन्धारामा कारागार संग्रहालय बनाइने पनि बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।