काठमाडौं– कोभिड १९ का कारण जागिर गुमाएका पत्रकारले सरकारका तर्फबाट लेखवृत्ति प्राप्त गर्ने भएका छन्।
यसैगरी पत्रकारको ७ लाख बराबरको दुर्घटना बीमा हुनेछ। जसको ५० प्रतिशत प्रिमियम सरकारले बेहोर्नेछ।
उपचार सुविधा परिचय पत्रका आधारमा नेपाल पत्रकार महासंघका सवै सदस्यले उपचार सेवा नि:शुल्क पाउने बताइएको छ।
व्यवसायिक सीप विकासका लागि आमसञ्चार प्रतिष्ठान स्थापना गरिने भएको छ।
लोककल्याणकारी विज्ञापनबाट १० प्रतिशत पत्रकार कल्याणकारी कोषमा जम्मा गरिनेछ भने निजी सञ्चार माध्यमले विज्ञापनको १० प्रतिशत उक्त कोषमा राख्न प्रोत्साहन गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।