काठमाडौं– काठमाडौंको सवैभन्दा धेरै जाम हुने कोटेश्वर क्षेत्रमा सुरुङ मार्ग बनाइने भएको छ।
शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले तीनकुनेदेखि जडिबुटीसम्म सवारीको चाप व्यवस्थापनका लागि सुरुङ मार्ग बनाइने बताए।
तीनकुने–कोटेश्वर–जडिबुटीसम्म सुरुङ मार्गका लागि १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।