काठमाडौं– सरकारले तराईं (मधेस)लाई काठमाडौंसँग जोड्ने द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणका लागि आगामी आर्थिक वर्षमा खर्ग गरिने गरी थप ८ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ।
शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले फास्ट ट्र्याकका लागि ८ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
यस्तै, आगामी आर्थिक वर्षका लागि हुलाकी राजमार्गका लागि ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।