काठमाडौं–सरकारले खानेपानीको स्रोत सुनिश्चित गर्न काठमाडौँ उपत्यकाभित्रका २० वटा खानेपानीको स्रोत तथा ढुंगेधारा संरक्षण गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै काठमाडौं उपत्यकाका खानेपानीका परम्परागत स्रोतको जीर्णोद्धार गरिने जानकारी दिएका हुन्।
उपत्यकाका २० वटा ढुंगेधारा तथा खानेपानीमा मुहान जीर्णोद्धार गर्नका लागि बजेट छुट्टाएको अर्थमन्त्री पौडेलले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।