कााठमाडाैं– सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको बजेट वृद्धि गरेको छ। अर्थमन्त्री विष्णु पौडलले आगामी आर्थिक वर्षकाे बजेटमा करिब चार अर्ब वृद्धि गरेका छन्।
सरकारले कृषि र पशुपन्छीको क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ। गत वर्ष उक्त क्षेत्रको लागि ४१ अर्ब ४० करोड विनियोजन गरिएको थियो।
सरकारले रासायनिक मलको अनुदानमा दिइँदै आएको अनुदान पनि बढाएको छ। रासायनिक मल खरीद गर्न दिइएको अनुदानमा वृद्धि गरी १२ अर्ब पुर्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।